Posts

Showing posts from April, 2017

नेपाल भाषाको चलचित्र क्षेत्रमा नौलो आयाम

Image
वैशाख ११, भक्तपुर  केके मानन्धर बहुभाषिक चलचित्र हिमआँधी बन्ने भएको छ । भक्तपुरमा सोमबार पत्रकार सम्मेलन गरी चलचित्र निर्माण सम्बन्धिको जानकारी गराएको हो । नेपालभाषा, नेपाली, अंगे्रजी तथा चिनियाँ भाषामा एकै साथ चलचित्र निर्माण हुने महाजु फाउन्डेसनका अध्यक्ष ओमचरण अमात्यले जानकारी गराए । करिव ३ करोडको लागतमा निर्माण हुने चलचित्र नेपालभाषा साहित्य जि वया ला लच्छि मदुनीमा आधारित हुनेछ । थप सामग्रीको रुपमा कमलरत्न तुलाधरको क्याराभान टु ल्हासा तथा मोतीलक्ष्मी शाक्यको जिं खनाथें लगं त्वाः किताबलाई आधारित गरेको समेत उहाँले जानकारी दिए । चलचित्रको पटकथा देखि सम्पूर्ण निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाउँदै आउँदो जेठ मसान्तमा सुटिङ शुरु हुने समेत उहाँले जनाए । तत्कालिन नेपालबाट तिब्बत सम्म पुगेर नेपालीहरुले व्यापार गर्ने, दुई देशबीचको दौत्य सम्बन्ध कायम भएको देखि मायाप्रेम सम्बन्धिको कथाबस्तुलाई चलचित्रमा प्रस्तुत गरिनेछ । चलचित्रलाई युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गर्ने भएको छ । कार्यक्रममा बोल्दै युवा निर्देशक खड्गीले मौलिम विषयबस्तुलाई अन्तराष्टिय स्तरमा प्रचार गर्न सोही अनुरुपक