राष्ट्र भाषा संरक्षणमा चासो

राष्ट्र भाषा संरक्षणमा चासो 
१२ मंसिर, काठमाडौं
राष्ट्र भाषा विकास गर्न माध्यमिक तहमा हाल लागु गरिएको पाठ्यक्रमलाई परिमार्जित गर्नुपर्नेमा सरोकारवाला पक्षले ध्यानाकर्षण गराएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले राष्ट्र भाषा संकटमा परेको भन्दै पाठ्यक्रमलाई आवश्यकता अनुसार सुधार गरी भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए । नेपालभाषा, मैथिलि, तामाङ, भोजपुरी लगायतका राष्ट्र भाषालाई माध्यमिक तहमा गणित विषयसँग ऐच्छिक बनाइएकोमा उनीहरुले गुनासो गरेका हुन् । “भाषाको विषय अन्य भाषासँग ऐच्छिक गर्नुपर्ने हो । तर गणितसँग भाषाको विषयलाई ऐच्छिक बनाएको कारणले भाषा पढ्ने विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ ।” काठमाडौं किन्डर गार्डेन स्कूलका प्रिन्सिपल दीपक तुलाधरले बताए । उच्च माध्यमिक तहमा विज्ञान संकाय अध्ययन गर्न माध्यमिक तहमा गणित विषय अनिवार्य लिनुपर्ने प्रावधान छ । त्यसैले पनि गणितसँग विभिन्न भाषाभाषीका विषयलाई ऐच्छिक बनाउनु गलत भएको उहाँको भनाई थियो । हुन पनि प्राविधिक विषय अध्ययन गर्न गणित अनिवार्य लिनुपर्ने प्रावधान भएकोले भाषाको विषय अध्ययन गर्न चाहने विद्यार्थीले माध्यमिक तहमा ऐच्छिक राष्ट्र भाषा छनौट गर्नमा कथिनाइ भोगेका छन् ।

डाक्टर, इन्जिनियर लगायत प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीले ऐच्छिक गणित विषय लिनुपर्ने बाध्यताको कारणले सो विषयसँग ऐच्छिक गरिएको राष्ट्र भाषामा इच्छा भएर पनि छोड्नु पर्ने बाध्यता छ । बहुभाषिक देश नेपालमा राष्ट्र भाषा संरक्षण गर्ने नाउँमा भाषा आयोग बनाएर संसदमा पेश गर्ने तयारी भइरहँदा माध्यमिक तहमा पाठ्यक्रम नै परिमार्जित गर्नुपर्ने सुझाव आएको हो । त्यस्तै, डा. महेशमान श्रेष्ठले शिक्षा नीतिमा सापेक्ष सुधार गरी उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए । नेपालमा बोलिने सय भन्दा बढी भाषाहरु मध्ये अधिकांश संकटमा परेको भन्दै देशको पहिचान बचाउनको लागि पनि राष्ट्र भाषा संरक्षणमा लाग्न आग्रह गरे । घर घरमा मातृभाषाबाटै आफ्ना नानीहरुसँग संचार गर्ने तथा अन्य समुदायसँग माध्यम भाषाको रुपमा खस नेपाली भाषा प्रयोग गर्न सके राष्ट्र भाषा बचाउने अभियानमा सुधार आउने उहाँको भनाई थियो । भाषा बचाउ अभियान सन्चालन गर्दै आएको नेपालभाषा क्लबले नेपाः बैंक्वेटमा एक कार्यक्रमकाबीच नेपालभाषा विषय लिएर एसएलसी उत्तीर्ण गरेका विद्यार्थी देखि क्षमता अभिवृद्धिमा सहभागीहरुलाई प्रमाण–पत्र दिएको थियो ।
नेपालभाषा विषय लिएर एसएलसी उत्तीर्ण गरेका ३० जना विद्यार्थीहरुलाई प्रमूख अतिथि कूलवीरसिंह तुलाधरले नगदसहित प्रमाण–पत्र प्रदान गरे ।
क्लबले विगत केहि वर्ष यता देखि मातृभाषा प्रयोग सम्बन्धि जनचेतना जगाउन व्यानर प्रदर्शन गर्ने, युवाहरुको अन्तरनिहीत व्यक्तित्व विकास गराउने, सम्बन्धित क्षेत्रलाई सचेत गराउने लगायतका कार्यक्रम गर्दै आएको अध्यक्ष कमला मानन्धरले जानकारी दिए । उहाँले नेपालभाषा क्लबको शाखा बिस्तार अभियान देशैभर शुरु भइरहेको जानकारी दिँदै भक्तपुरको मध्यपुर थिमि, कीर्तिपुर, ललितपुरलगायतका शाखाले पनि आ–आफ्ना गतिविधि सन्चालन गर्दै आएको बताए । साहित्यकार देखि विभिन्न स्कूलका प्रिन्सिपल सहभागी कार्यक्रमलाई क्लबका उपाध्यक्ष नमस्ते साय्मिले संयोजन गर्नुभएको थियो । औपचारिक कार्यक्रममा विभिन्न स्कूलका भाइबहिनीहरुले नृत्य प्रदर्शन गरेका थिए ।

Comments

Popular posts from this blog

Learn how to use Vue Xstream in 3ds max

Kalu Kuma

Hidden warrior's of kirtipur